हिजो एउटा अर्थसरकारी कम्पनीमा पोथी बाँसेपछि … रुवाबासी ?

उहिले हाम्रा बाजेका पालामा पोथी बासेको राम्रो मानिदैन्थ्यो । त्यो प्रचलन अहिले पनि विद्यमान छ । प्रायः बास्ने काम पोथीको होइन । त्यो काम भालेले गर्ने पक्षीहरुको राज्यमा चलन छ ।

मेरा हजुर बा र बा (यस पंक्तिकार) का पालमा कुनै छोरी, बुहारी वा घर मुली नै किन नहोस अलिक चर्को स्वरमा कराएमा उहाँहरु भन्नु हुन्थ्यो “त चुप लाग थोपी बासेको राम्रो होइन ।”
यो उखान त्यतिकै बनेको भने पक्का होइन भन्ने लाग्छ । यसका किवदन्तीहरु भने कुनै समयमा खोजि गरौला ।

एउटा अर्थसरकारी कम्पनीको शाखा कार्यालयमा हिजो दिउँसो एउटा अधबैसे पोथी वाँसेर कोलाहाल नै मच्चाए छ । रमितेहरु तीन छक्क परेछन । उनले उनी भन्दा केहि पाका र पदिय हैसियतमा पनि उनि भन्दा माथिल्लै दर्जाका भोलेलाई अपशब्द प्रयोग गरेर बाँसेको कुरा हिजो नै यत्रतत्र सर्वत्र भएको थियो ।

यी अधबैसे यहि कम्पनीको ललितपुर तीरको शाखाको भण्डारमै रखन धरान थियो । उनलाई माया गर्ने एक भाले पनि त्यहाँ थिए । ती भालेले विचरा उनको निक्कै खातिरदारी समेत गर्ने गर्दथ्थे । अचानक उनको सरुवा यहि कम्पनीको महाँकालचौर शाखामा भए छ । उनी महाँकाल चौर गएपछि विचरा कुखुराको जोडी “चखेवा चखेवी” जस्तै मिलनसार थियो ।

दैव लागेर यो जोडीलाई छुट्टा भिन्न पारिदिए छ । तर, पनि चलिरहेकै थियो । बर्षमा तीन देखि चार पटक तीन चार लाख जति अड्डा कोरली हाल्थीन । यसले राम्रै गुजारा चलेको थियो यीनको तर, यीनलाई पनि पापी भाले मोराहरुले देखि सहेनन । यहि कम्पनीको त्रिपुरेश्वर शाखाको वरण्डा मै पु¥याएका थिए ।

तर, पनि सहेरै बसिन । एक दिन उनीहरुको पनि सेटिङ मिलाउनु पर्ने भयो । एक जना डेविट र क्रेडिट पनि नआउने, प्रशासनबाट लेखातिर जम हानेका भालेकोहरुको करामत यता पनि लाग्यो । “अगुल्टाले हानेको कुकुर टाडामा” भने जस्तो भयो ।

ती अर्धबैसे पुगीन आफ्नै अर्धबैसे भएकाकै ठाउँमा । तर, उनलाई आफ्नो पदको हेक्का चाँहि भएन । ६ तहकाले चुलो चौका जोडेको ठाउँमा ५ तह कि ति अर्धबैसे पोथीले त्यो चुलो चौका हत्याउन खोजे पछि…। त्यहाँ हिजो कोलाहाल नै मच्एिछ ।

तीनै अर्धबैसे भालेको उक्साहटमा लागेर ती अर्धबैसे चुलो चौको गर्ने भोलेलाई त उनको घरमै पुगेर उनको अर्धागिनीका अगाडीबाटै तलाई तानेन घर लैजान्छु पो भनिछन ? बाफेवा कत्रो हिम्मत ?

तर, पनि न्याय पाउने आशमा बसेका ती पिडित अल्पमतमा परेको देखेपछि रमितेहरु आँखाका डिलमा आँशु खसाल्दै भन्दैथिए । पोथी बलियो भएपनि जावो निम्सरा भालेहरुको के नै पो लाग्छ र ? ति पिडित अर्धबैसे न्यायको भिख मागेर भौतारी रहेका छन ।

यसका पात्र काल्पनीक हुन । विषय र प्रशंगले कोहिसित मेल खाएमा संयोग मात्र हुने छ ।

२५,पुष.२०७९,सोमबार १८:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्