कांग्रेसलाई केपी ओलीको चेतावनी : यो समर्थन जाल होइन भने स्वागत छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान हैसियतमा सरकारलाई सहयोग गरेको बताए । उनले कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्य भए त्यो सफल नहुने बताए ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले संसदमा प्रतिपक्ष नभएको बताउँदै कांग्रेसले जाल थाप्न खोजेको भए जालमा माछा नपर्ने बताए ।

‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागत योग्य छ, ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु, माछा नभएको खोलामा फालेजस्तै हुन्छ,’ उनले भने, ‘यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुन्छ, त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’

ओलीले प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्न खोजेको बताउँदै सबैले सहयोग गर्नु पर्ने अवस्था आएको बताए ।

२६,पुष.२०७९,मंगलवार १४:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्