अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

काठमाडौं । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ ।

संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ ।

प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान पूर्ववत् रुपमा सञ्चालन हुने एफएएले जनाएको छ ।

२७,पुष.२०७९,बुधबार १९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्