धनकुटाको सिधुवा बजारमा भीषण आगलागी, तीन घर जले

नेपाली जनता

काठमाडौं । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा आगलागीले तीन वटा घर जलेका छन् । बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि सुरु भएको आगोले स्थानीय हेम थापा, अर्जुन घिमिरेसहितको घरमा क्षति पुगेको स्थानीय रोशन केसीले जानकारी दिए । उनका अनुसार आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा जुटिरहेका छन् ।

यस्तै, तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेकोले आगो नियन्त्रण उन्मुख रहेको स्थानीय नवनित खड्काले जनाएका छन् । आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी गइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जनाए । यसैगरी धनकुटा नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको छ ।

२९,पुष.२०७९,शुक्रबार २१:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: