श्रेष्ठको अध्यक्षतामा साँघुटार कृषि सहकारी संस्थाको ९ सदस्य नयाँ कार्यसमिति चयन

काठमाडौं । साँघुटार कृषि सहकारी संस्थाको हजो अर्थात यहि ३० गते भएको साधारण सभाबाट पूर्व वडा अध्यक्ष भूपाल राज श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । उक्त कुरा सहकारीका सचिव निलकण्ठ ढकालले बताएका हुन ।

अध्यक्ष भूपाल श्रेष्ठ, उपाध्यक्ष पदम न्यौपाने, सचिव निलकण्ठ ढकाल, कोषाध्यक्ष यसोदा ढकाल, सदश्य राम कुमार खत्री, ठाकुर दाश श्रेष्ठ, राजन ढकाल, निता खड्का, मेनुका सुवेदी सर्वसम्मत निर्वाचित भएका हुन ।

निर्वाचित पदाधिकारी र सदस्यहरुको कार्याकाल ४ वर्षे हुने विद्यानले व्यवस्था गरेको छ । रामेछाप नगरपालिकाका वार्ड सदस्य नवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभाको संचालन रामकुमार खत्रीले गरेका थिए । यस सहकारीले रामेछाप जिल्लामा नमुना माछा फारम समेत सञ्चालन गरेकाे छ ।

१,माघ.२०७९,आईतवार ११:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्