दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म २४ जना लाई निकालियो तीमध्ये २ जना मात्र जीवित रहेको अनुमान

काठमाडौं। कास्कीमा आइतबार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म २४ जना निकालिएको र तीमध्ये बढीमा २ जना मात्र जीवित रहेको प्रारम्भिक आशंका गरिएको छ।

उद्धारमा खटिएका एक अधिकारीले भने, ‘२ जना उछिट्टिएकाले उनीहरू जीवितै रहेको भन्ने छ। अस्पतालमा के भएको छ। थाहा छैन।’

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना थिए। आगो अझै निभाउन बाँकी रहेकाले ठुलो मानवीय क्षतिको प्रारम्भिक आशंका गरिएको छ।

१,माघ.२०७९,आईतवार १२:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्