काठमाडौं। आइतबार बिहान कास्कीमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा १० जना विदेशी नागरिक रहेको पाइएको छ ।
यती एयरलाइन्स स्रोतका अनुसार रुसका चार जना, दक्षिण कोरियाका २ जना तथा अस्ट्रेलिया, फ्रान्स, आयरल्यान्ड र अर्जेन्टिनाका एक एक जना नागरिक रहेका थिए ।
विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।
तीमध्ये ६ जना बालबालिका थिए जसमा ३ जना शिशु रहेको पाइएको छ ।
सूची
प्रतिक्रिया दिनुहोस्