काठमाडौ । यती एयरलाइन्सको जहाज दुर्घटना पछि पोखरा बिमानस्थल बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले केही समयमा लागि पोखरा विमानस्थल बन्द भएको जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त एटीआर ७२ विमानमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क गरी कुल ६८ यात्रु थिए ।
विमान कमल केसीले चलाएका थिए भने अन्जु खतिवडा कोपाइलट थिइन् । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । अहिलेसम्म २७ जनाको शव भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्