मन्त्रिपरिषद् बैठक : यती एयर दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ ।

बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा हवाई मर्मत सेक्टरको इन्जिनियरिङ सदस्य सचिव बुद्धिसागर लामिछद्धान । दुर्घटना जाँच आयोग ४५ दिनको समय सीमा ।

दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन

१,माघ.२०७९,आईतवार १४:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्