चीनद्वारा चौधवटा उपग्रह प्रक्षेपण

एजेन्सी । चीनले लङमार्च टु डी रकेकबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट आज अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

किलु–२ र किलु–३ लगायतका उपग्रहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका छन् । ‘अप्टिकल इमेजिङ’ उपकरणसहतिका ती उपग्रहले पृथ्वी वस्तुस्थितिबारे जानकारी दिनेछन् । तिनीहरूबाट पूर्वी चीनको शानडोङ प्रान्तलाई भूमि सर्वेक्षण, कृषि, वन, वातावरण संरक्षण र विपद् रोकथाम र न्यूनीकरणका लागि ‘रिमोट सेन्सिङ’ सेवा प्राप्त हुनेछ ।

लङ मार्च टु डी रकेट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनको सहायक कम्पनी साङ्घाइ एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीले निर्माण गरेको हो । लङ मार्च रकेट शृङ्खलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।

१,माघ.२०७९,आईतवार २२:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्