पोखरा । चार साथीको पीडादायी मृत्युले सबै स्तब्ध भएका छन् । सो दुर्घटनामा सोनु जैसवालसँगै विशाल शर्मा, अनिल राजभर र अभिषेक कुशवाहाको ज्यान गएको छ । चारै जनाको उमेर २३ देखि २८ वर्षको बीचमा थियो । यस्ताे छ उनीहरूकाे कथा
पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार युवा उत्तर प्रदेशको गाजीपुरका बासिन्दा हुन् । चारैजना नेपाल घुम्न आएका थिए । जसमध्ये सोनु जैसवालले विमान दुर्घटना हुनुभन्दा केही सेकेण्डअघि लाइभ भिडियो बनाउन थाले, जुन विमान दुर्घटनापछि पनि जारी रह्यो । अर्थात् सोनुको लाइभ भिडियोमा विमान दुर्घटनाको सम्पूर्ण दृश्य कैद भएको थियो ।
पोखरा विमान दुर्घटनापछि भारतकाे गाजीपुरमा शोकको माहोल छ । चार साथीको पीडादायी मृत्युले सबै स्तब्ध भएका छन् । सो दुर्घटनामा सोनु जैसवालसँगै विशाल शर्मा, अनिल राजभर र अभिषेक कुशवाहाको ज्यान गएको छ । चारै जनाको उमेर २३ देखि २८ वर्षको बीचमा थियो । चारै जनाको शव आज गाजीपुर पुग्नेछ।
बस चढेर पोखरा जान लागेका थिए, एक्कासी योजना परिवर्तन भयो
चारैजना साथीका साथी दिलीप वर्मा भन्छन्, ‘पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि चारैजनाले भिडियो खिचेका थिए र बस चढेर पोखरा जाँदै थिए, तर एक्कासी याेजना परिवर्तन भयो र सबैले विमानको टिकट लिए, जुन उनीहरूकाे अन्तिम यात्रा भयाे ।
बियर पसल चलाउने सोनुका दुई छोरी र एक छोरा छन्
दुर्घटना हुनु केही सेकेण्डअघि लाइभ गरिएको २८ वर्षीय सोनु जैसवालको भिडियो अहिले चर्चामा रहेको छ । सोनु जैसवालको बियर पसल थियो । उनका चार भाइहरूमध्ये उनी कान्छो थिए र घरबाट टाढा वाराणसीमा बस्थे। सोनीका दुई छोरी र एक छोरा छन् ।
यो दुर्घटनापछि सोनुको अलवलपुरको घरमा कोही छैनन् । घरमा ताला लगाइएको छ । उनका दाइ नेपाल अाएको र शव आजै ल्याउन सकिने बताइएको छ । सोनु जैसवालसँगै अलवलपुर अफगान निवासी विशाल शर्मा पनि अाएका थिए । ज्यान गुमाउने चारमध्ये विशाल शर्मा सबैभन्दा कान्छो हुन्।
बिरामी आमालाई अझै थाहा छैन छोराकाे मृत्यु
२३ वर्षीय विशाल शर्मा स्थानीय टिभिएस बाइक एजेन्सीमा बाइक फाइनान्सको काम गर्थे। विशालका बुबा जर्जिया (विदेशमा) छन्, कान्छो भाइ स्कुल पढ्छन् र आमा निकै बिरामी छिन् । प्रशासनले छोराको मृत्युबारे आमालाई जानकारी दिएको छैन । दुर्घटनाबारे विशाल शर्माका आफन्तले जानकारी पाएपछि शव ल्याउन उनीहरू मात्र नेपाल गएका थिए ।
अनिल र अभिषेकको परिवार शोकमा
दुर्घटनामा ज्यान गुमाउने तेस्रो व्यक्तिको नाम अनिल राजभर रहेको छ । २८ वर्षीय अनिलको गाउँ चकदरिया चकजैनाब हो । उनी किसान परिवारका हुन् । उनको अलवलपुर बजारमा मात्र किराना पसल छ ।
यसबाहेक धरवान गाउँपालिका निवासी २३ वर्षीय अभिषेक कुशवाहाको पनि मृत्यु भएको छ । अभिषेकका बुबा मुन स्तब्ध छन्। त्यहाँ एक ठूला भाइ अभिनेश छन्, जसले पसल हेर्छन् र सानाे तिनाे काम गर्छन्।
सोनु, अनिल, विशाल र अभिषेक साथी थिए । जनवरी १२ मा अनिल राजभर, विशाल शर्मा र अभिषेक कुशवाहासँगै वाराणसीको सारनाथ पुगेका थिए, जहाँबाट सोनु जैसवालसँगै काठमाडौं, नेपालको लागि प्रस्थान गरेका थिए। सबै साथीहरु आइतबार बिहान काठमाडौंबाट उडान भरेर पोखरा प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्