काठमाडौं । मन्त्रालयहरुको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्न लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आफ्नो निवासमा बोलाएका हुन् ।
आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो ।
छलफलमा भएको समझदारीलाई सत्तारुढ दलहरुको वैठकबाट निर्णय गराउने प्रधानमन्त्रीको तयारी छ । अहिले बैठकमा अन्य दलका नेताहरु आइसकेको र एमाले अध्यक्ष ओलीको प्रतिक्षा भइरहेको एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्