प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सीलेटर कार्यक्रम शुरु

विराटनगर । प्रदेश नं. १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलरेटर कार्यक्रम शुरु भएको छ ।

सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, वैकल्पिक कोष व्यवस्थापक अध्यन्त र स्वीस कन्ट्याक्टका बिचमा सम्झौता भई यो कार्यक्रममा सहभागी आकांक्षी उद्यमीहरूका लागी आवेदन खुला गरिएको छ ।

एक्सिलरेटर कार्यक्रममा प्राप्त आवेदनहरूबाट १० जना उद्यमी छनौट गरी १२ हप्ता सम्म कृषि उद्यमीहरूलाई पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिने उद्योग वाणिज्य महासङ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए ।

उनले एक्सीलेटर कार्यक्रमले सम्भावना बोकेका कृषि उद्यमीहरूको विज्ञ तथा उद्योगी(समुदायसँग सम्पर्क विस्तार गर्ने बताए ।

आध्यन्त एक्सिलरेटर कार्यक्रम काठमाडौँ बाहिर, प्रदेश नं. १ लाई केन्द्रित गरेर हुन लागेको हो । यो कार्यक्रम सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन हुनेछ ।

कार्यक्रममा प्रदेश सरकारको तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रको तर्फबाट छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सहकार्य हुनेछ ।

आवेदन माघ ४ गते देखि माघ १८ गते सम्म खुल्ला रहने छ ।

४,माघ.२०७९,बुधबार १२:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्