आफू कृषककै छोरी भन्दै कृषिमन्त्री ज्वालाले भनिन्, “किसानको पीडामा मलम लगाउने काम गर्छु”

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी भर्एको र आम किसानका मर्म र पीडा थाहा भएको भन्दै किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उहाले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिइन् ।

उनले साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको बताइन् ।

कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम गर्नुपर्ने पनि कृषिमन्त्री साहले धारणा राखिन् ।

५,माघ.२०७९,बिहीबार १३:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्