एजेन्सी । चीनको राजधानी बेइजिङले सन् २०१९ देखि कानुन कार्यान्वयनको अनुगमन गर्न र जनअभिमत सङ्कलनका लागि स्थानीय तहका १३ हजार जनप्रतिनिधिलाई बस्तीहरूमा पठाएको छ ।
बेइजिङ नगर जनकाङ्ग्रेसको स्थायी समितिले बिहीबार वार्षिक अधिवेशन सम्पन्न गरेको आफ्नो कार्य प्रतिवेदनमा भनेको छ, “सहरले एक अभियानलाई संस्थागत गरिरहेको छ जसले कानुन लागू गर्नु अघि र तिनीहरूको कार्यान्वयनको समयमा बासिन्दाहरूको कुरा सुन्न विधायकहरू पठाउँछ ।”
जनप्रतिनिधिहरूले फोहरमैला व्यवस्थापन, सम्पत्ति व्यवस्थापनलगायतका विषयमा स्थानीय बासिन्दाबीच सर्वेक्षण तथा अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस प्रक्रियाले उनीहरूलाई सरकार र कानुन प्रवर्तनको पर्यवेक्षणले नागरिकहरूका समस्याहरू पत्ता लगाउन र समाधानका लागि मद्दत पु¥याउँछ । सांसदहरूले कानुन प्रक्रियामा सार्वजनिक विचारहरू प्रवाह गर्न बासिन्दाहरूसँग छलफल पनि गर्छन् ।
“विगतमा केही दर्जन प्रतिनिधि ९जनकाङ्ग्रेसमा० मात्र कानुन र नियमको कार्यान्वयनको निरीक्षण गर्थे । अहिले १० हजारभन्दा बढी स्थानीय तहका प्रतिनिधिहरू यस प्रक्रियामा भाग लिन्छन्,” समितिका अध्यक्ष कङ लुआलुओले भने ।
“यो प्रक्रियाले कानुन, कार्यान्वयन र पर्यवेक्षणलगायत हरेक चरणमा जनताको आवाज सुन्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्