उपसभामुखका लागि आज हुँदै मतदान

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखलागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे उपसभामुखको लागि मतदात हुने संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ ।

प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएकी छन् भने नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

७,माघ.२०७९,शनिबार १२:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्