अधिकार विहीन शाक्य प्रधानमन्त्रीको ढोकामा, कामै नगरि तलव भत्ता खाएको भन्दै अख्तियारमा उजुरी

धमिलो पानीमा माछा मान्ने शाक्यको प्रयास

काठमाडौं । विगतका कमिकमजोरीबाट सञ्चिएर नयाँ शिराबाट देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई केहि स्वार्थी तत्वहरुले गलत फाइदा उठाउन लागेको समाचार छ ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का अधिकार विहिन प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य पुनः अधिकार प्राप्तीको लागि अस्वस्थ खेलमा लागेको समाचार प्राप्त भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केहि लोभिपापीहरुलाई प्रलोभन देखाएर पुनः केयूकेएलको अधिकार सहितको सिइओ हत्याउने खेलमा शाक्य लागेको कुरा प्रधानमन्त्री कार्यालय स्रोतले दावी गरेको छ ।

अधिकार विहिन शाक्यले केयूकेएललाई निजी प्राइभेटीकरण गर्न अनेक चलखेल गर्ने, केयूकेएलको नियमित काम गर्ने वातारवरण नबनाउने, कर्मचारीहरुको सरुवा र बढुवामा पैसाको चलखेल बढी गर्ने, पैसा दिन नसक्ने इन्जिनियरहरुलाई जगेडामा राखेर ६ तहका प्राविधिक कर्मचारीलाई शाखा प्रमुख बनाउने, टेण्डर गरेर खरिद गरेका सामानहरुको कमिशन थोरै दिएको भनेर भुक्तानी नै नगरिदिने, लेखा र प्रशासनमा सिनियरलाई पाखा लगाउदै जुनियरलाई अधिकार दिने, वोर्ड अध्यक्ष हटाउन मन्त्रीलाई २० लाख घुस खुवाउने, शाखाहरुको फाइलमा पहिलो फाइलको कमिशन नआएसम्म अर्को फाइल स्वीकृति नै नदिने । हरेक निर्णयमा आफु भन्दा जुनियर कर्मचारीहरुलाई जिम्मेदार बनाएर मात्र फाइल स्वीकृत गर्ने, टोले गुण्डाहरुलाई प्रधानमन्त्री र मन्त्रीलाई धम्की दिन लगाउने, युनियनका अनाधिकृत व्यक्तिहरुसँग जाँड पार्टी गर्ने जस्ता अबैधानीक खेलमा शाक्य लागेपछि निर्णय क्षमता विल्कुलै नभएको भनेर केयूकेएल वोर्डले उनीलाई केयुकेएल वोर्डले नियुक्ती हुदाँका वखत दिएको अधिकार खोसेर केयूकेएलकै एघार तहका अधिकृति ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएपछि पनि शाक्यले केयूकेएलमा काम नै नगरिकन हाजिर गरेर मासिक तीन लाख तलव खाईरहेको समाचार प्राप्त भएको छ ।

यसै सम्बन्धमा खानेपानी मन्त्रालयका सचिव मण्ीराम गेलालसँग सम्पर्क गर्दा उनले भने,“काम खोसेको हो । केयूकेएलको सिइओ शाक्य भएका कारण उनलाई हाजिर गर्ने र तलव खाने अधिकार छ ।” सचिव ज्यु केयूकेएलका अधिकार विहीन सिइओ शाक्यले तपाई नेताहरुको फोन गराएर हैरान पारेका छन हो, भन्ने प्रश्नमा सचिव गेलालले भने “कुनै पनि मान्छे आफुले अधिकार पाउनु परो भनेर शक्ति केन्द्र धाउनु स्वभाविक हो । त्यसैले यसमा केहि अप्ठारो मान्नु पर्ने आवश्यकता छैन ।”

उनी प्रधानमन्त्री निकट, एमाले अध्यक्ष निकट जानुको सट्टा किन सम्मानित अदालतको ढोका ढक्कढकाउन गएनन ? भन्ने प्रश्न पनि उठेको छ । शक्ति र पैसाको प्रयोग गरेर वोर्डलाई अनाधिकृत दवाव दिएर अविछिन्न पदमा बसिरहने उनको यो रहरले केयूकेएलबाट जनताले पानी पीउन पाउने अधिकार कहिले पुरा होला ? सरोकारवालाहरुले प्रश्न उठाएका छन ।

केयूकेएलको आइटिको जिम्मा लिएको वल्र्डलिंकसँगको सम्झौता सकिएको दुई वर्षसम्म पनि शाक्यले आलटाल गरेर उक्त सम्झौता नविकरण नगरिदिएका कारण केयूकेएलको विलिङ सिस्टम नै बन्द हुने भएको छ । अनलाइनबाट महशुल उठाउने कार्य समेत हुन सकेको छैन ।
किन समयमा नै सम्झौता नविकरण गरिएन भन्ने प्रश्न उठ्ने अवस्थामा कसले पु¥याएको हो ? यसको जिम्मेवारी शाक्यले लिने कि नलिने ?
उनी अधिकार विहिन भएको गुनासो लिएर प्रधानमन्त्रीका स्वकिय सचिव र निजी सचिवहरुको ढोका ढुकेर बसेकै भरमा उनको अधिकार शुरक्षित गरिनु पर्ने कारण के हुन सक्छ । सरोकारवालाहरुले यति खेर प्रश्न उठाउन थालेका छन ।

शाक्यले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई २० लाख खुवाएर केयूकेएलका अध्यक्ष तिरेश प्रसाद खत्रीलाई खानेपानी मन्त्रालयबाट सरुवा गराउने र केयूकेएलको अध्यक्षबाट हटाउने खेल खेलेका थिए । त्यो समयमा मुख्य सचिवले नमानेपछि खत्रीको सरुवा रोकिएको र केयूकेएलको अध्यक्षबाट हटाउने टिप्पणी खानेपानी सचिवले लुकाएपछि उनी केयूकेएलको अध्यक्षमा निरन्तरता पाएको हो ।
शाक्यले बुढानिलकण्ठ तिरका एक गुण्डालाई समेत परिचालन गरेर खानेपानी मन्त्री चौधरीलाई धम्की दिएका थिए ।

तत्कालीन समयमा केयूकेएलका कर्मचारी तथा टेड्र यनियनका हर्ताकर्ता तेजेन्द्र कार्कीले शाक्यसँग मोलतोल मिलाएर आफु इलोक्टोनिक मेकानिकल शाखाको लेखा प्रमुख हुन सफल भएका हुन । उनी प्रशासन समुहबाट लेखामा सेवा परिवर्तन गरेका लेखापाल हुन । उनलाई आर्थिक कारोवारमा लेखा प्रमुख, कार्यालय प्रमुख, स्टोर प्रमुख र खरिद प्रमुखसँग सेटिङ मिलाएर दारु खान भने आउँने कुरा केयूकेएलका पिडित कर्मचारीहरुको गुनासो रहेको छ । ठुलो स्वरमा बोल्न र मान्छेहरुलाई धम्की दिन निक्कै चतुर खेलाडी कार्कीले जापानबसेर पनि केयुकेएलको जागिर खाएकै विगत रहेको छ । कार्कीलाई प्रयोग गरेर कुनै समय टिकेका शाक्य अहिले अवस्था परिवर्तन भएपछि उनको शैली पनि परिवर्तन भएको छ ।

अहिले शाक्यलाई कुनै पनि हालतमा केयुकेएलमा स्थापित गराउन जागिरको अधिकांश समय प्रशासन र अर्थमा बस्ने एमाले र माओवादी निकट कर्मचारीहरुको झुण्ड लागेको समाचार स्रोतको दावी छ । केहि झुण्डहरु प्रधानमन्त्री कार्यालयमा पुगेर मिलनको पक्षमा पैरवी गरिरहेको प्रधानमन्त्रीको सचिवलायले स्रोतले दावी गरेको छ ।

त्यहि समुहले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीको हवला दिएर खानेपानी मन्त्रालयका सचिवलाई समेत घुमाउरो पाराले धम्की दिएको बुझिएको छ ।

धम्की आएको हो सचिव ज्यू भन्दा उनले भने “धम्की नै त नभनौ सहयोग गरिदिनु परो भन्ने सम्मचाहि भएको हो ।”
अधिकार खोसिएका सिइओ मिलनकुमार शाक्य विरुद्ध केयूकेएलले तलव भत्ता उपलब्ध गराएकोमा तलव भत्ता उपलब्ध गराउने अधिकारी र शाक्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको समाचार स्रोतको दावी छ ।

८,माघ.२०७९,आईतवार १३:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्