प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
वि.सं.२०७९ माघ ९ सोमवार ०८:४१
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।
नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।























