सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया थाल्छौं : नेवानि अध्यक्ष

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।

‘निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सप्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’

अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने उनले बताए । राष्ट्रिय ध्वजाबाहकले नाफा भन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनु पर्ने उनको तर्क छ ।

९,माघ.२०७९,सोमबार ११:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्