काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल शाखा प्रमुख अख्तियारको नियन्त्रणमा

3.87K
shares
khanepani bord

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई नियन्त्रणमा लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिइएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
‘उजुरीका आधारमा हामीले पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘उहाँ नवौं तहको कर्मचारी हुनुहुन्छ।’

भण्डारीले चुडालको विषयमा परेको उजुरीबारे थप खुलाएनन्। ‘हामी त्यस विषयमा विस्तृतमा पछि जानकारी गराउँछौं’, प्रवक्ता भण्डारीले भने।

IME
khanepani