काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

बुटवलमा छाडाचौपाया नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर इजलासले अल्पकालीन दियो अन्तरिम आदेश

3.54K
shares
khanepani bord

रुपन्देही । बुटवल उपमहानगरलाई छाडा चौपाया नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सडकमा यत्रतत्र हिँड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दा मानिसको अकालमै मृत्यु हुने गरेको भन्दै नियन्त्रणको कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको थियो।

लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

विश्वविद्यालयको सिटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू केशव घर्तीमगर, नवीन खनाल, कृपा पन्त, करिश्मा ज्ञवालीले बुटवल उप–महानगरसमेतलाई विपक्षी बनाइ उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका थिए।

न्यायाधीश रमेशराज पोखरेलको एकल इजलास पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्नसमेत उप–महानगरपालिकालाई आदेश दिएको छ।

रिट निवेदकहरूले विपक्षीहरूले आफ्नो कानूनी दायित्व बमोजिम कार्य नगरेको, छाडा चौपायाको उचित प्रबन्ध गरी सम्भावित दुर्घटना समेतलाई न्यूनीकरण गर्न वाञ्चनीय रहेको भन्दै अदालतले माघ १० गते मङ्गलवारलाई छलफलका लागि बोलाएको छ। मङ्गलवारको छलफलपछि अन्तरिम आदेशबारे टुंगो अदालतले लगाउने छ।

IME
khanepani