काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

लक्ष्मी महतो दोषी हुन् भने पक्रनुहोस्‚ एमाले नेताहरूबाट बाधा हुन्न : रघुवीर महासेठ

3.02K
shares
khanepani bord

काठमाडौँ । एमाले सचिव समेत रहेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न तर पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन अनुरोधसमेत गरे ।

‘मन परेन कि अपराधी भन्ने ?’ महासेठले भने, ‘३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो । लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृहमन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’

उनले यसो भनिरहँदा कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने बताए ।

IME
khanepani