मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

काठमाडौ । काठमाडौ मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

१०,माघ.२०७९,मंगलवार १५:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्