नयाँ बानेश्वरस्थित संसद भवनअगाडि एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास
वि.सं.२०७९ माघ १० मंगलवार १५:३८
shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।
३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएर आत्मदाहकाे प्रयास गरेका हुन्। काठमाडाैं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले उनकाे उद्धार गरी किर्तिपुर अस्पताल लगिएको बताए ।






















