काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगिता काठमाडौंका विभिन्न खेल मैदानमा आयोजना हुने आयोजकले शुक्रबार जानकारी गराएको छ ।
टीम दर्ताका लागि १७ गतेसम्मको समय तोकिएको छ । यस प्रतियोगितामा ‘ए डिभिजन’ टीमहरू तथा स्वदेश र विदेशी खेलाडीको सहभागिता रहने छ ।
केपी ओली कपको मुख्य उद्देश्य नेपाली फुटबलको व्यवसायिक प्रवर्द्धनमा योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनितीक दलहरूलाई प्रेरित गर्नु रहेको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले बताए ।
प्रतियोगिताको विजेता टीमले १० लाख, उपविजेताले ५ लाख, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार र हरेक खेलका विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको ‘प्लेयर अल दी म्याच’ ले १५ हजार र प्रतियोगिताका उदयीमान खेलाडीले ५० हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्