आक्रमणकारीका परिवारसहित बयालीस जना पक्राउ

एजेन्सी । पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक प्यालेष्टिनीले शुक्रबार सात जनाको हत्या गरेपछि प्रहरीले आक्रमणकारीका परिवारका सदस्यसहित ४२ जनालाई शनिबार पक्राउ गरेको छ ।

आक्रमणमा उनीहरू संलग्न रहेको आशङ्का सोधपुछका लागि पक्राउ गरिएको इजरायली प्रहरी आज एक विज्ञप्ति निकालेर जनाएको छ । विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिए पनि उनीहरू पूर्वी जेरुसेलमको समीप प्यालेष्टाइनका बासिन्दा भएका जनाइएको छ ।

प्यालेष्टिनी लडाकु समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाइ बाँडेर खुशीयाली मनाएको थियो । पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौ जना प्यालेष्टिनी मारिएको अर्को दिन उक्त आक्रमण भएको हो । इजरायलले उक्त आक्रमणलाई आतङ्वादी हमला भनेको छ ।

१४,माघ.२०७९,शनिबार १४:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्