क्यानडा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिन शैक्षिक मेला

एजेन्सी । क्यानडा अध्ययनका लागि सहजीकरण गर्न काठमाडौंमा आयोजना हुन लागेको शैक्षिक मेलामा क्यानडाका विभिन्न कलेजका प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन् ।

मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्नेछन् । यी दुई परामर्शदाताबाट जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरूलाई पनि सम्बोधन गर्ने बताइएको छ ।

मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा नेपालका तीन विश्वसनीय शैक्षिक परामर्श संस्थाहरू गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूलाई वन-स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसँग सहकार्य गरी मेलाको आयोजना गर्न लागिएको हो ।

जसमा क्यानडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरूको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरू, नेपाली विद्यार्थीहरूले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पीआरको अवसर साथै पछिल्लो समय पीटीईको बारेमा चलेको भ्रमको यथार्थ विश्लेषणकोलागि पनि छुट्टै सत्र राखिने गोरेटोका प्रमुख परामर्शदाता धिरज कँडेलले बताए ।

कँडेलका अनुसार लामो समयसम्म क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको कुल संख्यामा भारतबाट उच्च शिक्षा लिन जाने विद्यार्थीहरुको संख्या अत्यधिक भएपछि क्यानडाले विविधता बढाउन अन्य देशको विद्यार्थीहरुलाई पनि प्राथमिकता दिइएको हो ।

फेब्रुअरी १० मा आयोजना हुने मेलामा तीन शैक्षिक परामर्शदाता संस्थाहरूका प्रतिनिधिहरू राम खड्का, धिरज कँडेल, सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिने छन् ।

१६,माघ.२०७९,सोमबार ०८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्