वैदेशिक रोजगारीमा गएका नेपालीलाई आत्मनिर्भर लघुवित्तको आइपीओ खुला, कसरी कति भर्ने ?

काठमाडौ । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइएपीओ बिक्री खुला गरेको छ ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत आइपिओ वैदेशिक रोजगारीमा जानेलाई छुट्याइएको हो । यो भनेको २० हजार ३३८ कित्ता आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन पाउनेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि फागुन १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आइपीओ जारी गर्दै छ ।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

१६,माघ.२०७९,सोमबार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्