राष्ट्रिय योजना आयोगको सदस्यमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत नियुक्त,

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा जना ३ नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले सशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

१६,माघ.२०७९,सोमबार १८:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्