काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

6.07K
shares
khanepani bord

एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।

मन्त्रालयका प्रवक्ता माओले चीनले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।
प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन-अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गर्नुभयो।

दुई देश बीचको संयुक्त विज्ञप्ति र चीन-अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउँने कुनै पनि प्रकारका गतिविधि नगर्न उहाँले आग्रह गर्नु भएको छ ।

IME
khanepani