इजिप्टका राष्ट्रपति र अमेरिकी विदेशमन्त्री बीच इजरायल-प्यालेस्टाइन तनावबारे छलफल

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल-फत्ताह अल-सिसीले सोमबार भ्रमणरत अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायल र प्यालेस्टाइनबीचको बढ्दो तनावबारे छलफल गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति अल-सिसीले जारी तनावको स्थितिलाई शान्त पार्न र दुई पक्षहरूद्वारा लिइएका एकपक्षीय कदमहरूलाई थप उत्तेजित पार्नबाट रोक्दै राजनीतिक र सुरक्षा स्तरहरूमा तत्काल छलफल चलाउन आग्रह गर्नु भएको छ ।

इजिप्टका राष्ट्रपतिले अन्तरराष्ट्रिय अभ्यास र सन्दर्भअनुसार प्यालेस्टिनी जनताको अधिकारको ग्यारेन्टी गर्ने न्यायोचित समाधानमा पुग्न इजिप्टको दृढ अडानलाई दोहोर्याउँनु भएको छ । मध्यपूर्वको तीनदिने भ्रमणमा रहेका मन्त्री ब्लिन्केनले वाशिङटनले इजिप्टसँगको स्थिरता र शान्ति कायम गर्न बलियो समन्वयमा भरोसा गरिरहेको बताउँनु भएको छ ।

उहाँहरुबीच साझा सरोकारका थुप्रै क्षेत्रीय र अन्तरारष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विदेशमन्त्री ब्लिन्केन सोमबारपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न जाने कार्यक्रम तय भएको छ । रमाल्लाहमा प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग पनि उहाँले छलफल गर्नुहुने बताइएको छ ।

१६,माघ.२०७९,सोमबार २१:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्