नेपाल क्रिकेट संघ क्यानका ७ केन्द्रीय सदस्यले अध्यक्षको राजीनामा मागेपछि क्यानको बैठक अघि बढ्न सकेन

नेपाली जनता

पोखरा । नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

‘हामीले अध्यक्षज्युको राजीनामा माग गरेका छौं । त्यसैमा अधीन छौं । अहिले बैठक रोकिएको छ, सुरु हुन सकेको छैन,’ अध्यक्षको राजीनामा माग गरेका मध्येका एक केन्द्रीय सदस्यले भने ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ ।

१७,माघ.२०७९,मंगलवार १५:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: