नेविसंघमा एकतर्फी नियुक्ति मान्य हुँदैनः शेखर पक्ष

काठमाडौं। नेपाली विद्यार्थी संघको नेता शेखर पक्षधरले संघका अध्यक्ष दुजाङ शेर्पाले एकतर्फी रुपमा नियुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

संघका अध्यक्ष शेर्पाले योगदान र योग्यताका आधारमा नभई आफूखुसी जिल्ला र क्याम्पस कार्यसमिति बनाएको उक्त पक्षले आरोप लगाएको छ ।

नेपाल ल क्याम्पसमा भएको शेखर पक्षका विद्यार्थीहरुको बैठकले गुटगत रुपमा गठन गरिएका नियुक्तिहरु बदर गर्न माग गरेको छ । विधान विपरित नियुक्ति बदर गर्न र ति स्थानमा प्रतिनिधि खटाएर अधिवेशन गर्नुपर्ने बैठकले निर्णय गरेको भुवन भट्टले बताए ।

निर्वाचन सकिएको ३ महिना भित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने पार्टीले निर्णय गरेको थियो । पार्टीले दिईएको जिम्मेवारी विपरीत अध्यक्ष शेर्पाले मनोमानी तरिकाले संयोजक तोक्ने कार्य भएको नेविसंघ कर्णाली–काठमाडौं सम्पर्क समितिका अध्यक्ष धर्मराज शाहीले बताए ।

२०७३ सालमा ११ औं महाधिवेशन गरेको संघले नयाँ नेतृत्वको निर्वाचन गर्न सकेको छैन । पार्टी नेतृत्वले तदर्थ समितिको पूर्णताको तयारी गरिरहेको छ ।

१७,माघ.२०७९,मंगलवार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्