माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै, विभागहरूले पूर्णता पाउने

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकबाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पूर्णपाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाइरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पूर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिइदैछ ।

१८,माघ.२०७९,बुधबार ०८:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्