एजेन्सी । नेपाल राष्ट्र बैङ्कले बुधवार को विनिमय दर सार्वजनिक गरेको छ।
बुधवार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसामा कारोबार भएको थियो।
आज युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रुपैयाँ ५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मङ्गलवार यसको खरिददर १६१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा तोकिएको थियो ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ । बुधवार यसको खरिद मूल्य ९१ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिद मूल्य ९२ रुपैयाँ २९ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसामा पाइन्छ।
बुधवार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधवार ३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ३० रुपैयाँ ८० पैसा पाइन्छ।
आज कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ १३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४८ पैसा तोकिएको छ
प्रतिक्रिया दिनुहोस्