काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

बर्ड फ्लुले गर्दा कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको सरकार सँग माग

4.93K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकको ऋण तिर्न नसकेर मर्कामा परेका किसानको समस्या बेलैमा बुझ्न सरकारलाई आग्रह गरेका हुन् । बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट गरिएका किसानलाई सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड रुपैयाँ रहेको भन्दै थापाले उक्त रकम दिन ढिलाइ नगर्न आग्रह गरेका छन् ।

‘नियम अनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन । दिन्छु भन्छ तर दिँदैन । सरकारले कृषकलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याई छ । तर बैंकले कृषकलाई समाउँछ’ उनले भने, ‘मेरो सरकारलाई प्रश्न छ । बैंकको ऋणले थिचिएका किसानहरुले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आशु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ?’

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् ।

IME
khanepani