लहान । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगञ्जले लहान बजारमा गरेको अनुगमनका क्रममा नियमविपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको छ ।
अनुगमनको क्रममा म्याद गुज्रेका सामान बिक्री गरेको, अखाद्य वस्तु मिसावट गरेको, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, मूल्यसुची नराख्ने व्यापारीलाई जरिबानासहित कारबाही गरेको विभागका सूचना अधिकारी दीलिप खत्बेले बताए ।
इलाका प्रशासन कार्यलय लहान, घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय प्रहरीसहितको सहयोगमा संयुक्तरूपमा बजार अनुगमन गरिएको थियो । सोवक्रममा लहान ८ मा रहेको माखनभोग स्वीट एन्ड नम्किन सेन्टरलाई मूल्यसूची नराखेको र गुणस्तरहीन खाना बिक्री वितरण गरेको अभियोगमा ५० हजार, लहान-१ को माँ सती अन्सुयाही किराना स्टोर्सलाई २० हजार, सरस्वती बीज भन्डार र लहान-२ मा रहेको जय महिमा सप्लायर्सलाई १५/१५ हजार, एस टी.एम फर्मा प्रालिलाई बिल बिजक जारी नगरेको आरोपमा १० हजार, नोबेल मोबाईल हाउसलाई ५ हजार रूपैयाँ जरिबाना गरिएको छ ।
अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ, अन्य खाद्य वस्तुसमेत ४० किलोभन्दा बढी बरामद गरी डिस्पोज पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्