केयूकेएल कर्मचारीहरुको आधिकारीक टेड् युनियनको चुनावमा लोकतान्त्रीक समुहको विजय सुनिश्चीत ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिेड(केयूकेएल) कर्मचारीहरुको आधिकारीक टेड् युनियनको चुनाव भोलि हुन गइरहेको छ । कर्मचारीहरुको माग व्यवस्थापन, बोर्ड र सरोकार निकायसँग र्निधक्कसँग राख्ने आन्दोलनबाट कर्मचारीहरुको अधिकार दिलाउने शक्ति र परम्परागत रुपमा व्यवस्थापनसँग सौधाबाजी गरेर आफ्ना निहित अभिष्ट पुरा गराउने झुण्ड मध्ये एकलाई चुनावबाट अनुमोदन गराउने ऐतिहासिक दिन भोली हो ।

केयूकेएलका कर्मचारीहरुले आफ्नो भविष्य र संस्थाको भविष्यको फैसाल पनि भोलिकै निर्वाचनले निर्धाण गर्ने छ । विगत लामो समयदेखि संस्थालाई दुहुनो गाई बनाएर आफ्ना स्वार्थ पुरा गराउने खेलमा लागेको कर्मचारी संगठन र कर्मचारीहरुको सघ यतिखेर एक ठाउँमा उभिएको छ । आन्दोलनबाट कर्मचारीहरुको हकहित र संस्थाको भविष्य सुनिश्चीत गराउने नयाँ शक्ति लोकतान्त्रीक कर्मचारी संघको लोगो र नाममा चुनाव लड्न लागेको केयुकेएल स्वतन्त्र एकिकृत कर्मचारी युनियन र कर्मचारी कल्याण परिषद् एक ठाउमा उभिएको छ ।

नवलसिंह साउदले नेतृत्व गरेको कर्मचारी संघ र तेजेन्द्र कार्कीले नेतृत्व गरेको कर्मचारी संघ विगतमा पनि आधिकारीक टेड् युनियनको नेतृत्व आलोपालो गरिसकेका संस्था हुन । यीनीहरुको मानिसिकता संस्था बनाउने र कर्मचारीहरुको हकहित गर्ने भन्दा पनि कसरी हुन्छ, आफ्ना मान्छेहरुलाइै सेटिङ गरेर आर्थिक आर्जन गर्ने भन्ने विषयमा केन्द्रित देखिएका छन । आफ्नो आलोचना सुन्न र देख्न नसक्ने दरिद्र मानसिकता भएका केहि झुण्डहरुले संचालन गरेको अपवित्र गठबन्धन भनेर पनि केयूकेएलमा आलोचना भइरहेको छ ।

यो झुण्डले अधिकारविहिन सिइओ मिलनकुमार शाक्यलाई विगत लामो समयदेखि बोकेर हिडिरहेको छ । भोलि चुनाव छ, उनी आजै केयुकेएलको सिइओको अधिकार फिर्ता गराउछु, भन्दै हिडेको सुचना प्राप्त भएको छ । बोर्ड बैठक बस्ने कुनै तयारी छैन । कुन आधारमा उनी सिइओको अधिकार लिएर आउने हुन । सुन्दा पनि हास्याँसपद लाग्ने विषयको हल्ला फिजाउने कलामा निक्कै सिंद्धहस्त देखिएका शाक्यको मुटुको धड्कन निक्कै बढेको सूचना छ ।

यो समुहले केहि कर्मचारीहरुलाई धम्की दिएर आफ्नो संगठनमा खुल्न समेत लगाएको बुझिएको छ । यसरी निर्वाचनको मुखमा अदलबलद गर्नेहरुको नैतिकता माथि प्रश्न उठेको छ । भोलि चुनाव सकिएपछि यी अदल बदल गर्नेहरु कुन नैतिकताले केयूकेएलमा मुख देखाउलान ? यसको जवाफ यी सँग छ कि छैन । आफुसँग अनुकुल नहुनेलाई कुट्न पनि पछि नपर्ने, आलोचना सुन्नै नसक्ने, हात काटि दिन्छु भन्ने, बच्चा अपहरण गरिदिन्छु भन्नेहरुको हातमा आधिकारी टेड् युनियनको नेतृत्व गयो भने कर्मचारीहरुको भविष्यमा ग्रह त लाग्छ न,ै केयूकेएलको भविष्य पनि समाप्त नहोला भन्न सकिदैन ।

त्यसलेैे समय छ दै सोच्नु बुद्धिमानि होला ? मालदार ठाउँमा आफै जानु पर्ने, आफुमात्र नभए आफ्ना गल्फेड, त्यसपछि आफुलाई हिसाव बुझाउनेलाई सरुवा गर्ने मानसिकता मान्छेलाई जिताउने कि कर्मचारीहरुकै हित र हक अधिकारको लागि लड्ने शक्तिलाई जिताउने त्यो जिम्मेवारीको फैसला भोलि भन्र्दै छन केयूकेएलका इमान्दार कर्मचारीहरु । आफ्नो अधिकारको लागि बर्षैसम्म भनसुनमा लाग्नु पर्ने परम्पराको अन्त हुन पर्ने दिन आउने कुरामा धेरै विश्वस्त छन । केयूकेएलका हरि दर्जीले भोगेको र्दुदशा अरुले अब भोग्नु पर्ने छैन ।

२२,माघ.२०७९,आईतवार १०:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्