माओवादीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने, राष्ट्रियसभा उपाध्यक्ष निर्विरोध हुने सम्भावना
वि.सं.२०७९ माघ २२ आइतवार १०:३८
shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।
विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।

























