काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

केयूकेएलले भन्यो, ११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन

3.13K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै केयूकेएलले पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको बताएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने धेरै ठाउँमा समस्या भएको बताए ।

‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रुपमा आइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रो पानी ट्यांकीमा पानी हुँदा हुँदै पनि वितरण गर्न सकेका छैनौं ।’

IME
khanepani