काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको जानकारी गराएको छ।
आज आयोजित प्रेस भेटघाट कार्याक्रममा केयूकेएलले पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको समेत जानकारी गराएको छ।
केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने धेरै ठाउँमा समस्या भएको बताए ।
‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रुपमा आइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रो पानी ट्यांकीमा पानी हुँदा हुँदै पनि वितरण गर्न नसकिएकोमा दुःख व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्