काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

भारतको वुमन्स प्रिमियर लिग : नेपालका पाँचै खेलाडी अक्सन सूचीमा परेनन्

5.66K
shares
khanepani bord

काठमाडौ । काठमाडौ पहिलो सिजनको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को अक्सनका लागि सिफारिस नेपालका पाँचै खेलाडी अन्तिम सूचीमा भने पर्न असफल भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनमा नाम राख्नका भएका राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्री, सीता रानामगर, इन्दू बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम सिफारिस गरेको थियो।

तर अन्तिम सूचीमा उनीहरु परेनन्। अन्तिम सूचीमा ४०९ खेलाडी परेका छन्। ४०९ मध्ये १६३ विदेशी खेलाडी छन् भने बाँकी भारतीय खेलाडी रहेका छन्। यी मध्येबाट ९० जना खेलाडी अक्सनबाट टिममा छानिनेछन्। जसमा बढीमा ३५ जना खेलाडी विदेशी हुन सक्ने छन्।

सूचीमा आठ जना खेलाडी एसोसिएट कोटामा छन्। जसमा चार जना युएईका छन् भने हङकङ, नेदरल्यान्ड्स, थाइल्यान्ड र अमेरिकाका एक-एक खेलाडी एसोसिएट कोटाबाट सूचीमा परेका छन्।

यो सिजनको डब्लूपिएलमा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमा बेंगलुरु, दिल्ली, गुजरात, लखनउ र मुम्बईले पहिलो सिजनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

लिगका लागि १३ फेब्रुअरीमा अक्सन हुँदैछ। जसमा एक टिमले १५ देखि १८ खेलाडीसम्म आबद्ध गर्न सक्नेछन्।

एक टिममा सात जना विदेशी खेलाडी राख्न पाइनेछ। सात विदेशी खेलाडी मध्ये एक खेलाडी एसोसिएट राष्ट्रका पनि हुने प्रावधान छ।

प्लेइङ-११ मा भने पाँच जना विदेशी खेलाडी राख्न पाइनेछ। पाँच मध्ये एक खेलाडी एसोसिएट देशका हुन सक्ने छन्।

लिगको अक्सनका लागि क्याप्ड प्लेयरको मूल्य ३० देखि ५० लाख भारु र अनक्याप्ड प्लेयरको मूल्य १० देखि २० लाख भारु रहेको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ) को आयोजनामा हुने लिगलाई महिला आइपिएलको रुपमा लिइएको छ। जनावरी २०२३ मा बिसिसिआइले लिगको नाम डब्लूपिएल हुने घोषणा गरेको थियो।

लिग आगामी मार्च ४ देखि २६ सम्म मुम्बईका दुई रंगशालामा हुनेछ। लिगमा कुल २२ खेल हुने छन्।

लिग चरणमा एक अर्काविरुद्ध दुई प्रतिस्पर्धा गरेपछि शीर्ष टिम सिधै फाइनल पुग्नेछ। दोस्रो र तेस्रो टिमबीच फाइनल खेल्ने अर्को टिम टुंगो लगाउन खेल हुनेछ। एक टिमले कम्तिमा आठ र बढीमा दश खेल खेल्नेछ।

IME
khanepani