शुकबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो
वि.सं.२०७९ माघ २७ शुक्रवार १२:२१
shares

काठमाडौं । शुकबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य एक लाख ३ हजार ६ सय, तेजावी सनुको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य तोलामा १ हजार २९० रुपैयाँ तोकिएको छ ।
बिहीबार सुनको मूल्य एक लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।























