राष्ट्रपतिको आग्रह, आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमा लगानी, किसानलाई मल अभाव नहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताएकी छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताएकी छन् । राष्ट्रपतिले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताएकी हुन् ।

२७,माघ.२०७९,शुक्रबार १५:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्