राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउन छलफल भइरहेको छ: राजेन्द्र लिङ्देन

काठमाडौ । काठमाडौ रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउन सत्ता गठबन्धनमा छलफल भएको छ।

आइतबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुन: सरकारमा ल्याउनेबारे छलफल भएको हो।

‘रास्वपालाई पुन: सरकारमा ल्याउने बारेमा छलफल भइराखेको छ,’ संयन्त्र बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘यस विषयमा बैठकमा कुराकानी भयो। उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ। त्यसका बारेमा केही प्राविधिक समस्या पनि छन्, छलफल भइराखेको छ।’

बालुवाटारमा भएको संयन्त्र बैठकमा रास्वपा सभापति लामिछाने पनि सहभागी थिए। रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्दै आफ्ना मन्त्रीहरूलाई सरकारबाट भने फिर्ता बोलाएको थियो।

रास्वपाबाट प्रतिनिधि सभामा १९ जना सांसद छन्।

२९,माघ.२०७९,आईतवार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्