बैंकको किस्ता थेग्न नसकेर रामेछाप भिरपानीका पौडेलले गरे आत्महत्या

रामेछाप । रामेछापको खाँडादेवीका एक व्यावसायीले काठमाडौंमा आत्महत्या गरेका छन ।
गाउँपालिका वडा नं ३ भिरपानीका एक समाजसेवी छवि भएका व्यवसायी दीपक पौडेलले आत्महत्या गरेका हुन । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तले बताएका छन् ।

परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । ‘बिहान मर्निङ जाँदा डोरी किनेर झोलामा लिएर आएछन् । त्यसपछि आमालाई भाइको घरमा, श्रीमतीलाई जुस किन्न र सानो छोरो कलेज पठाएर उनी झुन्डिए छन् । उनको योजनाबद्ध तरिकाले ज्यान लिएको देखिन्छ । यो बैंकको ब्याज तिर्न नसकेरै उनले आत्माहत्या गरेका हुन। उनी व्यापारी हुन।’

पौडेललाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गएिको छ ।

उनले माइलो छोरोलाई, नजिकको साथी महेश कार्कीलाई केही दिन अगाडि मैले थेग्न नसक्ने भए, म, अन्तिम अवस्थामा पुगी सकेको छु, मेरो स्वास्थ्यले पनि धान्न नसक्ने भयो समेत भनेका रहेछन । यसको अर्थ बैंकको ऋणकै कारण उनले ज्यान फालेको हुन सक्ने पालिका अध्यक्ष श्रेष्ठले भनेका छन ।

१६,फाल्गुन.२०७९,मंगलवार २१:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्