विदेशी पर्यटकलाई आकर्षित गर्न ‘जीएसटी’ फिर्ता गर्ने तयारीमा भारत

एजेन्सी । विदेशी पर्यटक आकर्षित गर्न भारतले आकर्षक योजना ल्याउने तयारी गरेको छ । फाइनान्सियल एक्सप्रेसका अनुसार भारतले विदेशी पर्यटकले खरिद गरेको सामानमा लागेको जीएसटी रकम फिर्ता दिने गरी भारत सरकारले तयारी अगाडि बढाएको छ । यस्तो प्रस्ताव लामो समयदेखि अगाडि बढाउने तयारी गरेपछि भारतले कानुन बनाएको थिएन । यो प्रस्ताव पारित भए भारत भ्रमणमा जाने विदेशी नागरिकलाई किनमेल सस्तो पर्नेछ ।

समाचारमा उल्लेख भए अनुसार सन् २०२४ देखि कार्यान्वयनमा ल्याउने गरी भारतले यस्तो तयारी थालेको हो । भारतमा भ्रमणको सिलसिलामा जाने विदेशी मध्ये नेपाल समेत अगाडि आउँछ । त्यसो त नेपाल आउने धेरै विदेशीको पहिलो नम्बरमा भारत पर्छ ।

सामान्यतया विदेशी नागरिकले गर्ने खरिदमा स्थानीय स्तरमा लाग्ने कर छुट दिने प्रचलन अन्य मुलुकमा कार्यान्वयनमा रहेको छ । पर्यटक स्वदेश फिर्ता हुने समयमा विमानस्थलमा यस्तो कर बापत तिरेको रकम रिफण्ड दिने गरिन्छ । भारतमा लाग्ने जीएसटी नपालमा लाग्ने मूल्य अभिवृद्धि कर जस्तै अप्रत्यक्ष कर हो ।

२५,फाल्गुन.२०७९,बिहीबार १४:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्