
काठमाडौं । डेन्टोस्माइल डेन्टल क्लिनिकले निःशुल्क दन्त स्वास्थ्य शिविर तथा दन्त सचेतना कार्यक्रम आयोजना गरेको छ ।
क्लिनिकले शुक्रबार गोकर्णेश्वर-८ बेसीगाउँस्थित आइलेन्स इङ्लिस हाई स्कुलमा दन्त तथा मौखिक जाँच गराउने र विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई दन्त स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यले शिविर आयोजना गरेको हो ।
शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक एवम् अभिभावकहरुले सहभागीता जनाई दन्त परीक्षण गराएका थिए । विद्यालयका प्रधानाध्यापक अर्जुन दाहालले शिविर सञ्चालनका लागि स्थान उपलब्ध गराउनुका साथै परीक्षणका लागि विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रमले दाँतको सरसफाईको महत्वबारे चेतना जगाउन मद्दत गरेको आयोजकले विश्वास लिएको छ ।
डेन्टोस्माइल डेन्टल क्लिनिक प्रा. लिमिटेड आईलेन्स इङ्लिस हाई स्कूलका विद्यार्थी र शिक्षकहरूको मौखिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले गरिएको क्लिनिकका व्यवस्थापक रागव गौतमले जानकारी दिए ।
यस्ता पहलले मौखिक स्वास्थ्यको बारेमा चेतना जगाउने मात्रै नभएर समुदायको समग्र कल्याणमा पनि योगदान गौतमको भनाइ छ ।
यस्ता कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न तथा स्वस्थ र निरोगी जीवनको लागि मानिसहरूलाई आफ्नो दाँतको सरसफाइबारे प्रोत्साहित गर्न आवश्यक रहेको गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्