नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।

गिरीले यसअघि दलको नेतामा पनि आकांक्षा देखाएकी थिइन् ।

प्रदेशसभामा कांग्रेसका २७ सांसद रहेका छन् ।

३०,फाल्गुन.२०७९,मंगलवार ०८:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्