
काठमाडौ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा १२ विद्यार्थी संगठनले कालो ब्यानर राखेका छन्।
३ बुँदे माग सम्बोधन गर्नुपर्ने मागसहित मंगलबार कालो ब्यानर राखेको नेविसंघ नेता अनुराग शाहले बताए।
उनकाअनुसार फर्जी विद्यार्थी भर्ना खारेज गर्न १२ विद्यार्थी संगठनले माग गरेका हुन्।
यस्तै स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने र वास्तविक मतदाता सूची सार्वजनिक गरिनुपर्ने माग उनीहरूको छ।
काठमाडौंमा सत्ता गठबन्धनका दलका भ्रातृ संगठनले चैत ५ मा हुने स्ववियु चुनावमा गठबन्धन गरी साझा उम्मेदवार उठाएका छन्।
प्रतिक्रिया दिनुहोस्